|  

बारामा घाँटी रेटेर दुई जना बालकको हत्या 

४,जेष्ठ काठमाडौं । बारामा दुई जना बालकको घाँटी रेटेर हत्या भएको छ । प्रहरीको अनुसार कलैया उपमहानगरपालिका– ७ स्थित सरंगापुरका दुईजना बालकको हत्या भएको हो ।

स्थानीय नौ वर्षीय उशमान अन्सारी र सात वर्षीय अमिन अन्सारीको हत्या भएको प्रहरीले जनाएको छ । स्थानीय मदरसामा हत्या गरिएको अवस्थामा दुवै जनाको शव फेला परेको छ ।

बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रका अनुसार सोमबार बेलुकी ७ बजे उनीहरू घरबाट खेल्न भन्दै निस्केका थिए । तर, अबेर रातिसम्म उनीहरूको खोजीगर्दा समेत नभेटिएपछि बालक बेपत्ता भएको बारे प्रहरीलाई खबर आएको थियो ।

अहिले डीएसपी मिश्रसहित प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनामा संलग्न केही शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान एवं सोधपुछ भइरहेको छ ।