|  

फिल्म ‘तेन्जिङ नोर्गे’का कलाकार खोजीकार्य सुरु

४ जेष्ठ काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाको फिल्म प्रोडक्सनले नेटफिल्क्ससँगको सहकार्यमा निर्माण गर्न लागेको बायोपिक फिल्म ‘तेन्जिङ नोर्गे’का कलाकारको खोजी सुरु भएको छ ।

अष्ट्रेलियाको कास्टिङ कल कम्पनी डेनीलङले फिल्मका लागि कलाकारको आह्वान गरेको हो । अभिनयको अनुभव नभएका कलाकारलाई समेत कास्टिङको मौका दिइने बताइएको छ। तेन्जिङ पात्रको लागि हिमाली लुक्स, तिब्बती–शेर्पा र नेपाली हुनुपर्ने प्रावधान राखेको कम्पनीले उमेर भने २५ देखि ४० बताएको छ । कास्टिङ छनौट भए सन् २०२२ मा नेपाल र न्यूजिल्यान्डमा फिल्मको छायाँकन हुनेछ ।  प्रारम्भिक चरणमा तेन्जिङको लागि र त्यसपछि अन्य कलाकारको लागि अडिसन चल्ने छ ।

सगरमाथाको बिषयमा चर्चित डकुमेन्ट्री ‘शेर्पा’ निर्देशक जेनिफर पीडमले निर्देशन गर्न लागेको फिल्म लायन फेम्ड लेखक ल्युक डेभिसले लेखेका हुन् ।