|  

प्रशिक्षक तामाङको कोरोनाको कारण निधन

४ जेष्ठ काठमाडौं । सहारा क्लब पोखराका पूर्व प्रशिक्षक बिल तामाङको कोरोना भाईरसको कारण निधन भएको छ ।

सहारा हङकङका उपाध्यक्ष समेत रहेका तामाङको मंगलबार बिहान उपचारको क्रममा पोखरामा निधन भएको सहारा क्लब पोखराले जनाएको छ ।पूर्व खेलाडी समेत रहेका तामाङको गण्डकी मेडिकल कलेज जिएमसीमा उपचारर्थ निधन भएको हो । तामाङले गत चैतमा मात्र एफसी एन्फा ‘ए’ लाइसेन्स प्राप्त गरेका थिए ।

सन २००१ देखि २००३ सम्म भारतको पटियालामा उनले प्रशिक्षक कोर्ष गरेका थिए । तामाङले फ्रेन्ड्स क्लब र आरसिटीबाट व्यवसायिक फुटबल खेलेका थिए ।

पछिल्लो समय भने उनी हङकङमा बस्दै आएका थिए । तामाङ गत फागुनमा हङकङबाट एफसी लाइसेन्सका लागि नेपाल आएका थिए । तामाङका श्रीमती र एक छोरा रहेका छन् ।