|  

जसपामा भाड भैलोः महतो संसदीय दलको नेता चयन भएको पत्र दर्ता

४ जेठ, काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्ने सहमति भाँडिएको छ । 

दुई नेताबीच महतोको संसदीय दलको नेता पद खारेज गर्ने सहमति भए पनि ठाकुरले संघीय संसद सचिवालयलाई पत्राचार गरेका छन् । उनले पार्टी संसदीय दलको नेतामा महतो चयन भएको जानकारी संघीय संसद सचिवालयलाई गराएका हुन् । 


यसअघि यादवले आफू र अध्यक्ष ठाकुरबीच भएको सहमति अनुसार महतोलाई दिइएको संसदीय दलको नेताको पद खारेज भएको बताएका थिए ।


तर अध्यक्ष ठाकुरले  वैशाख ३० गते बसेको जसपाको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान २०७७ अनुसार संसदीय दलको नेतामा महतोलाई निर्वाचित गरेको जानकारी आजै सचिवालयलाई जानकारी गराएका छन् । 


सोही पत्रका साथमा संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्युटको प्रतिलिपि पनि पठाइएको   छ ।