|  

४ जना मृतावस्थामा फेला

४ जेठ, काठमाडौँ । देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 

प्रहरीका अनुसार बाराको कलैया उपमहानगरपालिका(७ रंगपुर टोल बस्ने निर्जामुल अंसारीका छोराहरू ७ वर्षीय अमन अंसारी र ८ वर्षीय अहमान अंसारी घरबाट करिब ३ सय मिटर टाढा नवनिर्मित रंगपुर मदर्साको भवनमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । 

दुवै दाजुभाइ सोमबार साँझदेखि आफ्नै घरबाट हराएकामा प्रहरीले खोजी गर्ने क्रममा उक्त भवनमा उनीहरूको शव फेला परेको हो । 


यसैगरी मोरङको विराटनगर महानगरपालिका(१२ सैनिक टोलस्थित सडकमा करिब ५० वर्षीय महेश मरीक नाम बताउने पुरुष सोमबार मृत अवस्थामा फेला परेका   छन् । 

रौतहटको परोहा नगरपालिका(६ बसन्तपट्टी बस्ने ३६ वर्षीय उपेन्द्र राउत पनि मृतावस्थामा फेला परेका   छन् ।  कुर्मी सोही ठाउँस्थित जग्गामा सोमबार मृत अवस्थामा फेला परेका हुन् । 

सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।