|  

होटलबाट खसेर ब्राजिलका गायक केविनको निधन

४ जेठ, काठमाडौँ । ब्राजिलका चर्चित गायक एमसी केविनको निधन भएको छ । २३ वर्षीय गायक केविनको १६ मेमा एक होटलको पाँचौ तलबाट खसेर निधन भएको हो । समाचारका अनुसार केविन होटलको ११ तल्लामा बसेका थिए ।

५ औं तल्लामा रहेका साथीलाई भेट्न उनी त्यहाँ पुगेका थिए । त्यो रुमको बालकोनीमा रहेका बेला उनी तल खसेका थिए । स्थानीय पुलिस अधिकारीले यो बिषयमा जाँच गरिरहेको छ ।​

दुर्घटनालगतै फायर ब्रिगेडको टिमले गायकलाई अस्पताल पुर्याएको थियो ।  त्यहाँ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

 

दुई साता पहिले गलफ्रेन्डसँग विवाह

केविनले दुई साता पहिले ग्रलफ्रेन्ड डिओलेने बेजेरासँग बिवाह गरेका थिए । डिओलेने एक क्रिमिनल वकिल हुन् । केविनको निधनपछि डिओलेने एक ब्ल्याक एण्ड ह्वाइट तस्बिर शेयर गरेर इमोशनल पोष्ट समेत शेयर गरेकी छन् ।


डिओलेने लेखेकी छन्– ‘तिमी मेरो जीवनको प्रेम हो र सँधै हुनेछौ । म सँधै तिमीलाई नै प्रेम गर्छु ।’ केविनले २०१३ मा पहिलो गीत रिलिज गरेका थिए । यो क्रममा उनको उमेर १६ वर्ष थियो । उनको गीत covalo de troia  (trojan horse) युट्युवमा करोडौं पटक हेरिएको छ ।