|  

अब निक्षेपको ब्याज परिवर्तन गर्दा ग्राहकलाई जानकारी गराउनुपर्ने

४ जेठ, काठमाडौँ । अबदेखि  बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याज परिवर्तन गर्दा ग्राहकलाई जानकारी गराउनु पर्ने भएको छ। यसअघि ऋणको मात्र ब्याज परिवर्तन हुँदा जानकारी गराइने व्यवस्था थियो । 

चालु बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप र कर्जाको ब्याज दर परिवर्तन सम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई विद्युतीय माध्यमबाट तत्काल उपलब्ध गराउनु पर्ने व्यवस्था गरिने बताएका छन् । 

अहिले बैंकहरुले मासिक रुपमा ब्याज पत्रपत्रिका तथा बैंककै  वेवसाइटमा प्रकाशित गर्दै आएका छन् ।