|  

आज थप ८ हजार २ सय ३ मा कोरोना संक्रमण, १ सय ९६ जनाको मृत्यु

४ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यसअघि सोमबार देशभर ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने २१४ जनाको मृत्यु भएको थियो । 


मंगलबार भने पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट ६९३ जनाको स्वाब परीक्षण भएकोमा  कुल ८२०३ जनामा संक्रमण पुष्टि भएको हो । 


यससँगै देशभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा देशभर कोरोना निको हुनेको संख्या ६८९१ रहेको छ । 
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ भने मृतकको कुल संख्या ५४११ पुगेको छ