|  

२४ घण्टामा काठमाडौंमा मात्रै थपिए २ हजार ४९ कोरोना संक्रमित 

४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा २०४९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा २२१ र ललितपुरमा  ३६५ जना संक्रमित थपिएका छन् । 

यससँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २७ हजार ३३९ नाघेको छ भने भक्तपुरमा ४ हजार ९१६ र ललितपुरमा ६ हजार ९९० पुगेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको छ ।