|  

नेपालमा पनि थप नयाँ भेरियन्टको कोरोना पत्ता लाग्यो

४ जेठ, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप नयाँ भेरियन्ट पत्ता लागेको बताएको छ । 

देशका विभिन्न भागबाट कोभिड–१९ का संक्रमितहरुका ३५ वटा नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा गरिएको जिन स्क्विन्सिङमा ९७ प्रतिशत (३४ वटा) मा B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको हो ।

 

योसँगै नेपालमा परिवर्तित भाइरसहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको थियो । नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक रहेको अध्ययनहरुबाट पाइएको डा. समिरकुमार अधिकारीद्वार जारी विज्ञप्तिमा भनिएको छ ।