भावना झा , ८ जेठ, काठमाडौं । समान्यतया एउटी महिला विहान उठ्ने वित्तिकै, नित्यकर्म गरी भान्सामा नै छिर्ने चलन छ नेपाली समाजमा । किनकी हामीले यस्तो गरेको आमा, हजुर आमालाई देख्यौ र आज हामी पनि त्यही गर्दैछौ ।
तर, एउटा यहि ठाउँमा एक जना पुरुषले देश र दुनियाको खवर बुझन रेडियो, टिभी एवम् पत्र पत्रिकामा व्यस्त हुने गर्दछन् । यस्ता कमै महिला होलान जसले विहानको चिया सबैलाई दिनु भन्दा अगाडि देश र दुनियाँ बुझने कोशिस गर्छन् ।
एउटा प्रचलित भनाई छ नि “महिला जति नै शिक्षित भए पनि चुलो त फुक्नै पर्छ”। अव सोच्ने बेला आएको छ की हामी एउटा यस्तो निरंकुश सत्ताबाट शासित छौ जुन सद्यौ देखि चलि आएको छ त्यो हो पितृसत्ता ।
अहिले पनि धेरै कम महिलाले त्यो शासन सत्तालाई चिर्दै आफुलाई बाहिरी दुनियामा परिचित गराउदै आत्मनिर्भर हुने गरेका छन् । यो एउटा यस्तो सत्ता हो जसलाई हामीले महिलामा हुनुपर्ने सभ्यता र संस्कारको नाम दिएका छौँ । कहिलेइ कसैले पुरुषमा हुनुपर्ने सभ्यता र संस्कारको दायरा बताउने गर्दैन ।
जीतिया होस वा तीज महिलाले पुरुषको दिर्घआयुको लागि गरिने पर्व हुन तर कुनै पुरुषले महिलाको लागी गर्ने कुनै पर्व गर्ने गरेका छन् त ?
यो सवै पुरुषवादी समाजले महिला माथिको आफनो सत्ता टिकाउनका लागी गरेको प्रपन्च हो । किन महिलाले मात्र श्रृङगार गरी सुन्दर हुनु पर्ने ?
सुन्दरताको आवरणले हामीलाई मात्र एउटा उपमा दिएको छ त्यो हो “महिला एउटा उपभोग्य वस्तु हो जसलाई उपभोग गर्ने हक पुरुषको हो ” ।
मलाई याद भए सम्म, तराईको धेरै समुदायमा के प्रचलन छ भने, प्रत्येक महिला साँझ पर्न थालेपछि श्रृङगार गरी चिटिक्कै पर्ने चलन देखेको छु । यसले के देखाउँछ भने दिनभरी पुरुषहरु बाहिर हुन्छन र साँझपख घर आउँछन् र घर आउँदा उनीहरुको घरकी महिलाप्रति ध्यानआकर्षित होस् ।
अझै यसो नगर्ने महिलालाई तँ “अल्क्षिनी होस” श्रीमान आउने बेला भई सक्यो यस्तै श्रृङगार विहिन अनुहार देखाउने अनि सोहागीन महिलाको लागी त श्रृङ्गार ईश्वरको आर्शिवाद हो भनि सासुहरुले अर्ति दिने गर्छन् ।
‘पितृसत्तारुपी ड्रग्स’ ले महिलालाई यसरी लठ्याएको छ कि त्यो नसाबाट मुक्त हुन अझै कति पुस्ताले सत्ताबाट शोषित हुनुपर्ने हो सोच्ने समय आएको छ ।
घरमा पाहुना आउँदा कुनै छोरी÷चेली÷बुहारीले मात्र स्वागत सत्कार गर्नुपर्ने तर त्यही पुरुष एक्लै बस्दा अरुलाई आगत÷स्वागत देखि हरेक काम आफैले गर्ने तर महिलाको उपस्थिति हुने वितिकै आफुलाई ऊ भन्दा माथि राख्दै पन्छिने काम गरिन्छ ।
हाम्रो छोरी÷चेली÷बुहारीलाई जन्मे देखि नै यस्तो शिक्षा र संस्कार दिइन्छ जहाँ पुरुष भनेको सर्वशक्तिमान हो हामी उनीहरुसगँ बरावरीको तुलना गर्नु पाप हो । यही शिक्षा संस्कार रुपी व्यवहारलाई मैले महिलालाई दिइने ड्रग्सको संज्ञा दिएको छु जस्ले महिलालाई सदियौ देखि दासताको शिकार बनाएको छ ।
यही पितृसत्तात्मक ड्रग्सले महिलाको चौतर्फी विकासमा असर पारेको छ ।
पहिलो त मानसिक विकासमा नै अंकुश लगाउछ ।
महिलाको मानसिक विकास र स्वतन्त्रतामा यसले अंकुश नै लगाएको छ ।
समाजिक परिवेशकै कारण प्राय महिलाले आफु बाहिरी दुनियाँमा पाइला टेक्न सक्षम नभएको मानसिक रुपमै स्वःआँकलन र मुल्याङकन गर्ने गर्छन् । यस्ता विचारको विजारोपण यही पितृसत्ताले गरेको हो ।
पुरुषको तुलनामा आफुलाई कमजोर र निरिह ठान्नु । आफुले गरेका निर्णयहरु माथि विश्वास नहुनु, कतै मैले गरेको काम गलत त छैन् ? किनकी म महिला हो पुरुषको तुलनामा म कमजोर नै हुँ । यस्ता धारणाको विकास पितृसत्ता रुपी ड्रग्सले गर्ने गर्छ ।
आर्थिक विकास ः
नेपालको सन्दर्भमा महिलाको श्रमको उचित मुल्याङकन हुदैन र पुरुष समानको काममा पनि उनीहरुको श्रमको मुल्य पुरुष समान दिइदैन् । यस्तै कारणले महिलाले आफुपनि आत्मनिर्भर हुन सक्छु, कमाउन सक्छु जस्ता विश्वास नै जुटाउन सक्दैनन् । किनकी उनीहरुले जन्मेदेखि अहिलेसम्म तिमी महिला हो तिमी पुरुष जति आत्मनिर्भर हुन सक्दैनौ । पुरुषको जति सक्षमता महिलामा नहुने भएर उनीहरुले पुरुष जति काम गर्न सक्दैनन् । त्यसकारण नै कमै ठाउँमा महिलाहरुलाई कार्यकारिणीको जिम्मेवारी दिने गरिन्छ ।
सामाजिक विकास ः
विशेष गरी मधेसमा, महिला एक्लै कतै गएको÷आएको कसैले देखेमा घरको÷समाजको वेइजति भएको ठान्ने गर्छन् । समाजमा व्याप्त कुप्रथाहरुले महिलालाई मानसिक रुपमा यसरी जकडेको छ कि उसले त्यो समाजसगँ लडेर अगाडी बढने साहस जुटाउनै सक्दैन् ।
संस्कारहरु त यस्ता छन् जुन सुन्दा पनि हाँस्यास्पद छन् । जस्तै ः बुहारीहरु सुर्यउदय भन्दा पहिले नै व्यँुझनु, नुहाएर मात्र भान्सामा पस्नु पर्ने तर छोरामा यी संस्कारहरु नभए पनि चल्छ तर कुनै छोरा बुहारीलाई सहयोग गर्न भान्सा पसे जोइटिङग्रे कहलिन्छ ।
राजनैतिक विकास ः
सबैभन्दा पहिला त नेपालको सन्दर्भमा एकदमै कम महिलाहरु राजनितिमा संलग्न छन् । किनकी नेपाली समाजले महिलाको नेतृत्व माथि पुरुष समान विश्वास नै गर्दैन् । महिला पनि देश र दुनिया सगँ परिचित हुदैँ शासन सत्तामा आउँनु पर्छ भन्ने कसैले पनि सोचेको पाइदैन् । महिलाहरु आफु पनि यो क्षेत्रमा आउन चाहदैनन् किनकी यस क्षेत्रमा संलग्न महिलाले धेरै नै शोषणको शिकार हुनु परेको छ । यस क्षेत्रमा महिला सफल हुनु भनेको फलामको च्युरा चपाउनु जस्तै हो ।
एक्काइसौ शताब्दिको पुरुषवादी समाजले पनि महिलाको अस्तित्वलाई स्विकार्नुको साटो उसको अस्तित्वलाई निमिटयान्न पार्न चाहन्छ ।
शैक्षिक विकास ः
महिला अहिले शिक्षित जरुर छन् तर बुद्धिमान हुन सकेका छैनन् । अझै धेरै यस्ता फिल्डहरु छन् जहाँ महिला आफुलाई असुरक्षित हुने डरले त्यो फिल्डको शिक्षा लिन चाहदैनन् । जस्तैः व्यवसायिक वकिल, रियल स्टेट, मेसिनरी मेनटेनेन्स, आदी । तर, महिला सुरक्षाको त्रास त हरेक क्षेत्रमा कायम नै छ ।
पछिल्लो समय विवादित रहेको सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण प्रकरण, एकचोटि विचार गरौ त, यदि सम्मानिय राष्ट्रपति विद्यादेवी भण्डारी एक पुरुष भएको भए के केपी शर्मा ओलीले उहाँलाई “त्यो पर्दैन्” भन्ने खालको भाषा प्रयोग गर्नु हुन्थ्यो त ?
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar