१७ जेष्ठ काठमाडौं । प्रवासी नेपाली एकता मञ्च,अष्ट्रेलियाले नेपाललाई भेन्टिलेटर एक थान र पाँच थान १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर समेत सहयोग गरेको छ।
नेपालमा कोभिड १९ कोरोना भाइरसको दोस्रो उछालसँगै एकैपटक अस्पतालहरुमा धेरै बिरामीको चाप हुँदा अक्सिजन लगायतको अभावले ग्रस्त बनेको बेला विदेशमा बस्ने नेपालीहरूले सहयोग गरेका हुन्।
यस्तै १५ हजार डलर पर्ने भेन्टिलेटर एक थान र पाँच थान १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर ९६ हजार डलर बराबर० को समेत प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको तर्फबाट नेपालमा सहयोग गरेको सबैमा जानकारी गराउन चाहन्छौं।‘
त्यस्तै, मञ्चले ५० क्वीविक मिटरको यो अक्सिजन प्लान्ट चीनमा खरिद भई त्यसको प्राविधिक परीक्षणको अवस्थामा रहेको बताएको छ। छिटोभन्दा छिटो यसलाई नेपालमा पठाई नेपाल सरकारलाई हस्तान्तरण गर्ने मञ्चको भनाइ छ।
हाललाई अष्ट्रेलियामा रहेका नेपालीहरूसँग सहयोग संकलनको कार्य स्थगित गरिएको पनि मञ्चले जनाएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar