१७ जेठ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा राजु पराजुली निर्वाचित भएका छन् । यसअघि उनी उक्त च्याप्टरमा उपाध्यक्ष थिए ।
यसै साता मेरिल्याण्डमा भएको निर्वाचनबाट पराजुलीसहित १४ सदस्यीय च्याप्टर चयन भएको छ । अध्यक्षमा पराजुलीले मेरिल्याण्डकै विष्णु बराललाई पछि पार्दै निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा प्रेम सुवेदीसहित सचिवमा ज्ञानेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा रमेश श्रेष्ठ, महिला संयोजकमा सिर्जना बराल, युवा संयोजकमा सञ्जोक कार्कीलगायत् निर्वाचित भएका छन् ।
मेरिल्याण्डमा बस्दै आएका पराजुली स्थापित व्यवसायी हुन् । निर्वाचित भएलगत्तै उनले प्रतिद्वन्द्वीलाईसमेत समेट्दै सबैलाई ऐक्यवद्ध बनाएर लैजाने प्रतिक्रिया दिएका छन् ।
“मैंले नेपाल र नेपालीको हीतका लागि काम गर्ने छु”, उनले भने, “मिलेर अघि बढ्दा त्यसको प्रतिफल राम्रो हुन्छ भन्ने हाम्रो बुझाई छ ।” पराजुलीसँग बाल्टिमोरस्थित् विभिन्न नेपाली संस्थामा रहेर काम गरेको अनुभव छ । उनले नेपालमासमेत संस्थागत हिसाबले सहयोग गरिरहेका छन् ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar