|  

एनआरएनए मेरिल्याण्ड च्याप्टरमा पराजुली निर्वाचित

१७ जेठ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा राजु पराजुली निर्वाचित भएका छन् । यसअघि उनी उक्त च्याप्टरमा उपाध्यक्ष थिए ।


यसै साता मेरिल्याण्डमा भएको निर्वाचनबाट पराजुलीसहित १४ सदस्यीय च्याप्टर चयन भएको छ । अध्यक्षमा पराजुलीले मेरिल्याण्डकै विष्णु बराललाई पछि पार्दै निर्वाचित भएका हुन् ।


उपाध्यक्षमा प्रेम सुवेदीसहित सचिवमा ज्ञानेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा रमेश श्रेष्ठ, महिला संयोजकमा सिर्जना बराल, युवा संयोजकमा सञ्जोक कार्कीलगायत् निर्वाचित भएका छन् ।


मेरिल्याण्डमा बस्दै आएका पराजुली स्थापित व्यवसायी हुन् । निर्वाचित भएलगत्तै उनले प्रतिद्वन्द्वीलाईसमेत समेट्दै सबैलाई ऐक्यवद्ध बनाएर लैजाने प्रतिक्रिया दिएका छन् ।

“मैंले नेपाल र नेपालीको हीतका लागि काम गर्ने छु”, उनले भने, “मिलेर अघि बढ्दा त्यसको प्रतिफल राम्रो हुन्छ भन्ने हाम्रो बुझाई छ ।” पराजुलीसँग बाल्टिमोरस्थित् विभिन्न नेपाली संस्थामा रहेर काम गरेको अनुभव छ । उनले नेपालमासमेत संस्थागत हिसाबले सहयोग गरिरहेका छन् ।