|  

नेपाली पत्रकारको बेलायतमा चुनावी दौड

१७ जेठ, काठमाडौं । नेपाल पत्रकार महासंघ युके शाखाको आगामी १३ जूनमा हुने निर्वाचनका लागि अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको  छ ।

आइतबार साँझ निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारको पहिलो नामावलीअनुसार अध्यक्षमा बिमला सेने, ध्रुवराज अर्याल, श्यामकुमार लुइँटेल र विपिन निरौलाको उम्मेदवारी परेको छ ।

शाखाको वरिष्ठ उपाध्यक्ष पदमा दिनेशकुमार परियार र सञ्जयभक्त कँडेलले उम्मेदवारी दिएका छन् । खुला उपाध्यक्षमा शिव भण्डारी र एभरेष्ट गौतमको उम्मेदवारी छ ।

महिला उपाध्यक्षमा प्रमिला लाबुङ राईको मात्र उम्मेदवारी परेको   छ । महासचिव पदमा नरेन्द्र कुमार बस्नेत ९नरेन्द्र बस्नेत० र जगन्नाथ ९जगन० कार्कीको उम्मेदवारी परेको छ ।


दुईजना निर्वाचित हुने सचिव पदमा मञ्जु भण्डारी र खेमराज रानाभाटको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ तथा सह–कोषाध्यक्षमा सुरेन्द्र इङनामको उम्मेदवारी परेको छ ।

६ सदस्यका लागि विश्वासदीप तिगेला, गोमा राना, जयराम तामाङ र नगेन्द्रराज नेम्वाङसहित चार जनाको मात्र उम्मेदवारी छ । शाखाको निर्वाचन पोष्टल र प्रत्यक्षरूपमा गर्ने तयारी छ ।

नयाँ कार्यसमिति चयनका लागि रमेश सराङकोटीको संयोजकत्वमा नवीन पोखरेल, चिरन शर्मा, केशव भण्डारी र संगीता मरहट्ठा सम्मिलित निर्वाचन समिति गठन भएको छ । निर्वाचन समितिको कानुनी सल्लाहकारमा सहजकर्ता दीपक भट्टराई छन् ।

महाधिवेशनका लागि नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार भगीरथ योगीलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको छ ।