|  

एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गर्ने मन्त्रिपरिषद्को निर्णय

१८ जेठ, काठमाडौँ । यस वर्षको एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाट सार्वजनिक गरिने भएको छ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एसईई आन्तरिक मुल्यांकनबाटै गर्ने निर्णय गरेको हो ।

यस अघि राष्ट्रीय परीक्षा बोर्डले आइतबार एसईई परीक्षा वैकल्पिक विधिबाट संचालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्र लेखेको थियो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सोमबार बसेको बैठकले एसईई आन्तरिक मुल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । सोमबार साँझ बसेको मन्त्रिपरिषको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।

अघिल्लो वर्ष पनि विद्यालयको पहिलो त्रैमासिक अवधिको मुल्यांकन १० प्रतिशत, दोस्रो अवधिको ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्मका सबै विषयको मुल्यांकन बाट नतिजा तयार गरिएको थियो ।