|  

क्रोएसियाले अर्मेनियासँग बराबरी खेल्यो 

१९ जेष्ठ काठमाडौं । मैत्रीपूर्ण खेलमा क्रोएसियाले अर्मेनियासँग बराबरी खेलेको छ । मंगलबार राति भएको खेलमा क्रोएसियाले अर्मेनियासँग १–१ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा खेलको २४ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । खेलको ७२ औं मिनेटमा एन्गुलोले गोल गर्दै अर्मेनियालाई १–१ गोलको बराबरीमा फर्काए ।युरोकप फुटबलको तयारीमा लागि क्रोएसियाले मैत्रीपूर्ण खेल खेलेको हो । क्रोएसिया युरोकपको समूह ुडीु मा रहेको छ ।

इंग्ल्यान्डसँगै जुन १३ मा खेल्दै क्रोएसियाले युरोकपको सुरुवात गर्नेछ ।अर्को मैत्रीपूर्ण खेलमा पोल्याण्डले रुससँग १(१ गोलको बराबरी खेलेको छ ।एजेन्सी