|  

सुदूरपश्चिमको बजेट अधिवेशन जेठ २१ गते आह्वान गर्न सिफारिस

१९ जेठ, काठमाडौं ।  सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आगामी जेठ २१ गते बोलाउन सिफारिस भएको छ ।  बजेट अधिवेशन आह्वानका लागि आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय  गरेको हो । 


बैठकले जेठ २१  दिनको ३ बजे बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् अन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले  जानकारी दिइन् ।