२० जेठ, काठमाडौँ । निषेधाज्ञामा किराना तथा खाद्य पसलसहित डिपार्टमेन्टल स्टोर सञ्चालनमा लगाइएको रोक केही खुकुलो पार्दै अब सवारी साधन मर्मत गर्ने वर्कसपसमेत खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
तीनै प्रमुख जिल्ला अधिकारी बैठकले ३१ वैशाखसम्म निषेधाज्ञा थप गरी खाद्यान्न किराना पसल, डिपार्टमेन्टल स्टोर, सवारी साधन मर्मत गर्ने वर्कसप बिहान ९ बजेसम्म खुला गर्ने पाइने निर्णय गरेको छ । तरकारी तथा फलपूmल थोक बजारमा फुटकर बिक्री वितरण भने गर्न पाइनेछैन । स्थानीय ढुवानी राति ९ बजेपछि बिहान ९ बजेसम्म मात्र गर्न पाउनेछ ।
तरकारी फलपूmल, खाद्यान्न दूध, डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना, डिपार्टमेन्टल स्टोर र वर्कसपले कम्तीमा दुई मिटर भौतिक दूरी कायम गर्नुपर्नेछ । यसैगरी, अनिवार्य सेनिटाइजर व्यवस्था र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । यदि तोकेबमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमन क्रममा भेटिएमा पसल बन्द गराउन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar