२० जेठ, काठमाडौँ । उदयपुरमा कोरोना भाइरसबाट एक सातामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई छोराको मृत्युकाको शोकमा रहेकै बेला बिहीबार बिहान ४:२५ बजे रौतामाई गाउँपालिका- ७ मुर्कुचीकी ७१ वर्षिया आमा तिलमाया मश्राङ्गी मगरको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिए ।
दुई साताअघि कोरोना परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएपछि गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालको आईसोलेसन वार्डमा राखी उपचार गरिएको आफन्त विरेन्द्रकुमार मगरले बताए । सामान्य उपचारपछि बिरामीको आग्रहमा उनलाई होमआइसोलेसनमा लगिएको थियो ।
यसअघि श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरमा उपचारको क्रममा दुई छोराको मृत्यु भएको थियो । जेष्ठ १५ गते साईलो छोरा ४५ वर्षीय तुलबहादुर मश्राङ्गीको विराट मेडिकल कलेज र १८ गते जेठो छोरा ५० वर्षीय पुस्कल मश्राङ्गीको नोवेल शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।
दुबैलाई आईसियुमा राखेर उपचार गर्दा गर्दै कोरोनाले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले जानकारी दिए । दुई साता अघि एकै पटक घरका तीन दाजुभाई र आमामा कोरोना पोजेटिभ देखिएपछि उनीहरु आँखा अस्पताल गाईघाटको आईसोलेसन वार्डमा उपचार गर्दै थिए । योसँगै उदयपुरमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।अन्नपुर्ण पोस्ट मा छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar