|  

२०२० की मोस्ट डिजाइरेबल महिला

२० जेठ, काठमाडौँ । कनन्ड नायिका रश्मिका मन्दान २०२० कि ‘मोस्ट डिजाइरेबल महिला’ घोषित भएकी छिन् । 

बैंगलोर टाइम्सले दिने उक्त उपाधी पोहोर साल पाएकी रस्मिका यो साल पनि चुनिएकी हुन् । २०१६ मा सिने क्षेत्रमा पाइला टेकेकी मन्दान गुगलमा पनि सर्वाधिक खोजिएको नायिकामा पनि परेकी थिइन् । 

छोटो समयमानै रंगिन पर्दामा बलियो पकड बनाउने नायिकाको सुचीमा परेकी उनको ‘सुल्तान’ पहिलो फिल्म हो  जसमा अभिनेता कार्थिकको अपोजिटमा रहेकी थिइन् । रश्मिकाको बलिउडमा पनि पछिल्लो समय उनको माग राम्रो छ ।  रश्मिकाको इन्स्टामा मात्र १ करोड ज्यादा फलोअर छन् ।