|  

सुनको मूल्य बढ्यो,कति पुग्यो हेर्नुहोस् ?

२० जेठ, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । आज बिहीबार सुनको मूल्य  ४०० रुपैयाँले वृद्धि भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला  ४०० रुपैयाँले वृद्धि हुँदै ९४ हजार ९०० रुपैयाँ पुगेको हो । 

आज तेजाबी सुनको मूल्य समेत ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । 
यता चाँदीको मूल्य भने बुधबारको मूल्यमा थप १५ रुपैयाँले वृद्धि हुँदै बिहीबार एक हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।