|  

एक रेष्टुरेन्टको मेन्युमा सनी लियोनीको नाम राखेपछि ...

२० जेष्ठ काठमाडौं । बलिउड अभिनेत्री सनी लियोनी सामाजिक सञ्जालमा निकै लोकप्रिय छिन् । सनीलाई मानिसहरु पर्दामा मात्र होइन, वास्तविक जीवनमा पनि उत्तिकै मनपराउछन् ।

तस्वीरमा नयाँदिल्लीको एक रेष्टुरेन्टले खानेकुराको मेन्युमा सनीको नाम राखेको देख्न सकिन्छ । रेष्टुरेन्टको लोकप्रिय चप डिसमा सनीसँगै अर्की पूर्व पोर्न स्टार मिया खलीफाको नाम राखिएको छ । सामाजिक सञ्जालमार्फत सनीमाझ यो तस्वीर पुगेपछि उनीले नै आफ्नो एकाउण्टमा शेयर गरेकी हुन् । उनले तस्वीरमा प्रतिक्रिया पनि दिएकी छन् । रेष्टुरेन्टको मेन्युमा सनी लियोनी चप, बेबी डल चप र मिया खलीफा चप लेखिएको छ। तस्वीरमा सनीले ‘लोल’ लेखेर प्रतिक्रिया दिएकी छन् । सनीको इन्स्टाग्राममा करिब ४ दशमलब ५ करोड बढी फलोअर्स छन् । 

सामाजिक सञ्जालमा सक्रिय उनले कुनै तस्वीर पोस्ट गर्नासाथ भाइरल भइरहन्छ । कामको कुरा गर्दा सनी पछिल्लोपटक वेब सिरिज ‘बुलेट्स’मा देखिएकी थिइन् । सिरिजमा करिश्मा तन्ना पनि प्रमुख भूमिकामा थिइन् । उनी चाँडै ‘शेरो’मा देखिँदैछिन् ।