|  

क्लबमा खुसी रहेका लुकाकु इन्टरमै बस्ने

२० जेष्ठ काठमाडौं । इटालियन क्लब इन्टर मिलानका स्ट्राइकर रोमेलु लुकाकुले आफु इन्टरमै बस्ने बताएका छन् ।बेल्जियमको टेलिभिजनसँग कुरा गर्दै लुकाकुले आफु क्लबमा खुसी रहेको र इन्टरमै बस्ने भएको बताएका हुन् ।

इन्टरमा मैले सहज महसुस गरेको छु,लुकाकुले भने बेल्जियमका लुकाकु सन् २०१९ मा म्यानचेस्टर युनाईटेडबाट इन्टर आएका थिए । चेल्सीका पूर्व स्ट्राइकर समेत रहेका लुकाकुले इन्टरका लागि ९५ खेलमा ६४ गोल गरिसकेका छन् ।यस सिजन इन्टरलाई सिरी एु उपाधि दिलाउन लुकाकुले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

लुकाकुले यस सिजन ३६ खेलमा २४ गोल गरेका थिए ।इन्टरले ११ वर्षपछि लिगको उपाधि जितेको हो । एजेन्सी