|  

साकाको गोलमा इंग्ल्यान्डको जित 

२० जेष्ठ काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले जित निकालेको छ ।

बुधबार राती भएको खेलमा इंग्ल्यान्डले अष्ट्रियालाई १–० गोल अन्तरले पराजित गरेको हो । इंग्ल्यान्डको जितमा बुकायो साकाले निर्णायक गोल गरे ।

उनले खेलको ५६ औं मिनेटमा गोल गरे ।आर्सनलका युवा खेलाडी साकाको यो पहिलो अन्तराष्ट्रिय गोल समेत हो । युरोकप फुटबलको तयारीका लागि इंग्ल्यान्डले अष्ट्रियासँग मैत्रीपूर्ण खेल खेलेको हो ।युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।

युरोकपमा इंग्ल्यान्ड समूह ुडीु मा रहेको छ ।यस समूहमा इंग्ल्यान्डसँगै क्रोएसिया, स्कटल्याण्ड र चेक रिपब्लिक रहेका छन् । अर्को मैत्रीपूर्ण खेलमा जर्जियाले रोमानियालाई २-१ ले हराएको छ । एजेन्सी