|  

कोभिड संक्रमणबाट चिकित्सकको मृत्यु

२० जेठ, काठमाडौँ । रुपन्देहीको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ।

३५ वर्षीय डा। पशुपति रजौरियाको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको शिक्षण अस्पताल भैरहवाका प्रशासन प्रमुख शुशिल गुरुङले जानकारी दिए।

हालै विवाह गरेका श्रीमान श्रीमती नै कोभिडसँग लडिरहेका थिए। श्रीमती डा। हसिना वानु संक्रमणमुक्त भए पनि सिकिस्त डा। रजौरियाको उपचार चलिरहेको थियो।

उनीहरु दुवै जना भैरहवाको सोही अस्पतालमा कार्यरत थिए।