२० जेठ,काठमाडाै । विराटनगरमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्राले लागेर साथीको मृत्यु भएपछि फरार रहेका चारजना पक्राउ परेका छन् । घटनापछि फरार रहेका चारजना पक्राउ परेका हुन् । प्रहरीले चारवटा भरुवा बन्दुक पनि फेला परेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले केराबारी र लेटाङबाट चारजनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार मोरङको केराबारी गाउँपालिका–३ का ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय बुद्धवीर लिम्बू, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका–१ का १९ वर्षीय विपन लिम्बू पक्राउ परेका हुन् ।
शिकार खेल्न सँगै गएका साथीको बन्दुकको छर्राले लागेर मृत्यु भएपछि उनीहरु हतियार लुकाएर फरार भएका थिए । उनीहरुले लुकाएको हतियार पनि फेला परेको छ ।मृगलाई ताकेर हानेको बन्दुकले छर्राले केराबारी–३ का ३२ वर्षीय हस्त राईको घटनास्थलमै मृत्यु भएको थियो ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar