२० जेठ, काठमाडौं । सरकारले आजदेखि तीन अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ । कोभिड-१९ महामारी नियन्त्रण गर्न आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गरेको भएपनि बन्दकैबीचमा तीन देशमा भने आजदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन लागेको हो ।
मन्त्रिपरिषद्को १३ जेठको बैठकले भारत, कतार र टर्कीमा विशेष उडान गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले आजदेखि लागू हुने गरी विशेष उडान तालिका बनाएको छ ।
अब तीन देशमा सातामा पाँच उडान हुनेछन्। नेपाल-टर्की उडान आजदेखि सञ्चालन भएको छ । आज टर्किस एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउनेछ।
त्यस्तै, आजै राति ११ः०५ बजे इस्तानबुल फर्किनेछ। हरेक बिहीबार इस्तानबुल-काठमाडौं-इस्तानबुल उडान हुने प्राधिकरणले जनाएको छ।
त्यस्तै, २४ जेठबाट हरेक सोमबार नेपाल(कतार उडान हुने भएको छ। नेपाल एयरलाइन्सले काठमाडौंबाट दोहाका लागि उडान गर्ने तालिका रहेको छ। हरेक सोमबार नेपाल एयरलाइन्सको जहाजको काठमाडौं-दोहा-काठमाडौं उडान तालिका रहेको छ।

Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar