|  

नेप्सेले रोक्यो खानीखोला हाइड्रोपावरको कारोबार 

२० जेठ, काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले खानीखोला हाइड्रोपावरको कारोबार रोक्का गरेको छ । नेप्सेमा सूचीकृत खानीखोलाले वित्तीय विवरणहरु सार्वजनिक नगरेको पाइएपछि कारोबार रोक्का गरिएको हो ।

नेप्सेले बिहीबार एक विज्ञप्ति जारी गर्दै खानीखोला हाइड्रोपावरको कारोबार रोक्का गरेको जानकारी गराएको   छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ (क) मा भएको व्यवस्था बमोजिम वित्तीय विवरणहरु नेप्सेमा पेश नगरेकोले जेठ २० गतेदेखि कारोबार रोक्का गरेको हो ।