२० जेठ, काठमाडौं । एप्पलका सीईओ टिम कुकले आउँदो सेप्टेम्बरदेखि कर्मचारी कार्यालयमै उपस्थित भएर काम गरेको हेर्न चाहेको बताएका छन् ।
उनले कर्चमारीहरुलाई ईमेल पठाउँदै आउँदो सेप्टेम्बर अर्थात् समरको अन्त्यसँगै कर्मचारीलाई कार्यालय फर्किन आग्रह गरेको हुन् ।
उनले हप्ताको तीन दिन कार्यलय उपस्थित भएर र बाँकी दिन घरबाटै काम गर्नसक्ने उल्लेख गरेका छन् । यसअघि कोरोना माहामारीका कारण एप्पलले आफ्ना सम्पूर्ण कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाएको थियो ।
लामो समयदेखि घरबाटै काम गरिरहेका कर्मचारीलाई अब भने हप्तामा तीन दिन भएतापनि कार्यालयमा उपस्थित हुन उनले ईमेल गरेका हुन् । ‘विगत डेढ वर्षदेखि केही ‘मिस’ भइरहेको छ । हामी केही उपलब्धि हासिल गर्न चाहन्छौं । त्यसका लागि सहकार्य र उपस्थिति आवश्यक छ,’ उनले पठाएको ईमेलमा लेखिएको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar