२० जेठ, काठमाडौं । ह्वावेले आफैंले विकास गरेको अपरेटिङ सिस्टम हार्मोनी ओएस सार्वजनिक गरेको छ । स्मार्टफोनलगायत आईओटीमा आधारित विभिन्न डिभाइसमा प्रयोग गर्न सकिने गरी ह्वावेले बुधबार यो ओएस सार्वजनिक गरेको हो । अमेरिकाले गुगलको एन्ड्रोइड तथा अन्य विभिन्न उत्पादन प्रयोगमा प्रतिबन्ध लगाएपछि ह्वावेले यो कदम चालेको हो ।
अमेरिकाले सन् २०१९ मा ह्वावेलाई कालाेसूचीमा राखेसँगै कम्पनीले हार्मोनी ओएस ल्याएको थियो । तर, यो पूर्णरुपमा गुगलको एन्ड्रोइडमा आधारित भएर निर्माण गरिएको थियो । तर, सँगै ह्वावेलाई अमेरिकी कम्पनीले निर्माण गरेको कुनै पनि प्रडक्ट प्रयोग गर्न नपाउने गरी प्रतिबन्ध गरियो । त्यसपछि कम्पनीले एन्ड्रोइडमा आधारित भएर हार्मोनी ओएस विस्तार गर्ने अवस्था रहेन ।
विस्तारै ह्वावे स्मार्टफोन बजारमा नम्बर वानबाट हराउँदै गयो । उसले सन् २०१६ बाटै हार्मोनी ओएस निर्माणको काम सुरु गरेको थियो । एन्ड्रोइडको ब्याकअपका रुपमा विभिन्न आईओटीमा आधारित डिभाइसमा हार्मोनी ओएस प्रयोगमा ल्याउँदै आएको थियो ।
अब कम्पनीले त्यसलाई अझ परिस्कृत गरी बुधबार सार्वजनिक गरेको छ । कम्पनीका अनुसार अब यसमा आधारित भएर डेभलपरहरुले सहज रुपमा विभिन्न प्रडक्ट निर्माण गर्न सक्नेछन् ।
ओपनसोर्सको रुपमा उपलब्ध गराइएको हार्मोनी ओएस गुगलको एन्ड्रोइड, एप्प्लको आईओएसभन्दा पूर्णरुपमा फरक रहेको छ । यो ओएस हाल कनेक्टेड डिभाइसको बढ्दो मागलाई मध्यनजर गरेर निर्माण गरिएको छ । यसले हाल एप्पलको जस्तै आफ्नै छुट्टै प्लेटफर्म निर्माण गरी प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्न सहयोग पुर्याउने छ ।
स्मार्टफोन, स्मार्टवाचमा हार्मोनी ओएस
सन् २०१९ मा ह्वावेले हार्मोनी ओएस पहिलो पटक स्मार्ट टिभीमा प्रयोग गरेको थियो । जुन अनर ब्राण्डको टिभी थियो । तर, बुधबार कम्पनीले हार्मोनी ओएसमा आधारित फ्ल्यागशिप स्मार्टफोन मेट ४० र मेट एक्स२ फाेल्डेबल फोनमा उपलब्ध गराएको छ । यसका साथै ह्वावेको वाच सिरिज ३ र मेट प्या प्रो ट्याब्लेटमा समेत हार्मोनी ओएस प्रयोगमा ल्याइएको छ ।
सन् २०१९ मा अमेरिकारले लगाएको प्रतिबन्धपश्चात ह्वावेका कुनै पनि फोनमा एन्ड्रोइडको अपडेट उपलब्ध भएको छैन । तर, अब ह्वावेका पुराना फोनमा पनि हार्मोनी ओएस अपडेट गर्न सकिने कम्पनीले जनाएको छ । यो अपडेट बुधबारबाटै सुरू भएको छ भने यो वर्षभित्र सम्पूर्ण प्रयोगकर्तालाई उपलब्ध हुने जनाइएको छ ।
अमेरिकाले लगाएको प्रतिबन्धका कारण कम्पनीको आम्दानी सन् २०२० को अन्त्यमा आएर घटेको छ । स्मार्टफोन बजारमा लागेको ठूलाे धक्काका कारण कम्पनीले ठूलो आम्दानी गुमाउन पुग्यो । जसले गर्दा कम्पनीले अन्य इलेक्ट्रिक डिभाइसमा आफूलाई विस्तारै केन्द्रित गर्दै गएको छ । यसको अर्थ कम्पनीले स्मर्टफोनबाट हात झिक्ने तयारी गरेको भने होइन ।
तर, कम्पनीले आफ्नो इकोस्टिमलाई अझ बलियो बनाउँदै गएको छ । कम्पनीका अनुसार हार्मोनी ओएसले कम्पनीका सयभन्दा बढी प्रडक्टलाई सर्पोट गर्नेछ । भने, याे ओएसमार्फत यो वर्षको अन्त्यसम्म ३० करोड डिभाइस सञ्चालनमा आउनेछन् ।
एपहरुकाे उपलब्धता
हाल एपहरुमा आईओएस र एन्ड्रोइडको हालिमुहाली छ । सामसङ र माइक्रोसफ्टले यसमो प्रयास गरेको भएतापनि त्यसमा सफलता हात पार्न सकेका छैनन् । यस्तोमा ह्वोको लागि एप च्यालेन्ज हो । जबसम्म एप हुँदैन तबसम्म सफ्टवेयरले मात्रै कुनै काम गर्दैन ।
यसका लागि डेभलपरलाई यसमा आकर्षण गर्न जरुरी हुन्छ । तर, यसका लागि ह्वावेले धेरै नै फोकस गरिरहेको छ । यसको अर्थ कम्पनीले डेभलपरलाई विभिन्न अपरका साथै हार्मोनी ओएसमा काम गर्न सहजता प्रदान गरिरहको छ । डेभलपरले पनि आफ्नो लागि फाइदा हेर्ने हुँदा ह्वावेको हार्मोनीमा एप निर्माण गर्नसक्ने विज्ञ बताउँछन् ।
ह्वावेले गुगलको मोबाइल सर्भिस जस्तै ह्वावे मोबाइल सर्भिस सञ्चालनमा ल्याएको छ । जसमा डेभलपरका लागि आवश्यक पर्ने किट उपलब्ध गराइएको छ । हालसम्म ह्वावे मोबाइल सर्भिसमा २७ लाख डेभलपर जोडिइसकेको जनाइएको छ ।
यसका साथै कम्पनीले आफ्नै एप ग्यालरी पनि सुरुवात गरिसकेको छ । जसमा ५ करोड ४० लाखभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् । यसको अर्थ ह्ववोले केही खालको परिवर्तन ल्याउनसक्ने आँकलन गर्न सकिन्छ । अझ अन्य कम्पनीहरुले पनि ह्वावेको हार्मोनी ओएसलाई आत्मसाथ गरेको खण्डमा यसको बजार अझ तीव्र गतिमा विस्तार हुने अपेक्षा गर्न सकिन्छ ।
यी सबै कुरालाई आधार मान्ने हो भने ह्वावेले सार्वजनिक गरेको हार्मोनी ओएस भोलिका दिनमा एन्ड्रोइडका लागि एउटा महत्वपूर्ण चुनौतीको रुपमा स्थापित हुने सक्ने देखिन्छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar