२० जेठ, काठमाडौं । सामसङले टोक्यो ओलम्पिक गेम्स २०२१ भन्दा अगाडि आफ्नो फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी २१ सिरिजको एउटा विशेष मोडेल सामसङ ग्यालेक्सी एस २१ ओलम्पिक गेम्स एडिसन सार्वजनिक गरेको छ ।
कम्पनीले लुक्स र फिचरमा निकै आकर्षक रहेको नयाँ स्मार्टफोन बजारमा ल्याएको हो ।
कोरोना भाइरसको महामारीका कारण सन् २०२० मै प्रायोजित टोकियो ओलम्पिक सरेपछि त्यसताका सामसङ ग्यालेक्सी एस २० प्लस ओलम्पिक गेम्स एडिसन सार्वजनिक गरिएन । तर यतिखेर दक्षिण एसियाका केही देशबाहेक अन्यत्र कोरोना महामारीबाट बाहिर निस्किरहेका छन् ।
त्यसैले यसवर्ष टोकियो समर ओलम्पिक आयोजना हुनेछ । यसैलाई मध्यनजर गर्दै सामसङले ग्यालेक्सी एस २१ सिरिजको ओलम्पिक गेम्स एडिसन सार्वजनिक गरेको हो । सामसङ ग्यालेक्सी एस २१ ओलम्पिक गेम्स एडिसनको मूल्यको कुरा गर्ने हो भने यसको लिमिटेड एडिसनको मूल्य जापानमा एक लाख १२ हजार चार सय ६४ येन अर्थात् अर्थात् करिब एक लाख २० हजार रूपैयाँ रहेकाे छ ।
यो फोन प्रि अर्डरका लागि उपलब्ध छ । साथै यसको बिक्री समेत सुरु हुने क्रममा रहेको छ । यो फोनलाई विशेष लुक्स दिइएको छ । जसमा ओलम्पिक गेम्पस वर्ल्डवाइड पार्टनर लोगो राखिएको छ । २५६ जीबी स्टोरेज अप्सनको यो फोन फेन्टम ब्लू कलर र फेन्टम भायलेट अप्सनमा खरिद गर्न सकिनेछ ।
सामसङ ग्यालेक्सी एस २१ ओलम्पिक गेम्स एडिसनको फिचरको कुरा गर्ने हो भने ग्यालेक्सी एस २१ कै जस्तो छ । यो फोनमा ६.२ इन्चको डाइनामिक एमोलेड २ एक्स डिस्प्ले राखिएको छ । जसको रिफ्रेश रेट १२० हर्ज रहेको छ ।
एचडीआर १० प्लस सपोर्ट रहेको यो फोनको स्क्रिन रेजोलुसन १०८० बाई २४०० पिक्सेल रहेको छ ।
एन्ड्रोइड ११ मा आधारित वन यूआई ३.१ अपरेटिङ सिस्टममा चल्ने यो फोनमा एक्सिनस २१०० प्रोसेसर राखिएको छ । सामसङ ग्यालेक्सी एस २१ लाई ८ जीबी र्यामका साथै १२८ जीबी र २५६ जीबी स्टोरेज अप्सनका साथ बजारमा ल्याइएको छ । सामसङ ग्यालेक्सी एस २१ मा पछाडि भागमा तीन वटा क्यामेराको सेटअप रहेको छ । जसको प्राइमरी सेन्सर ६४ मेगापिक्सेल रहेको छ ।
यसका साथै १२-१२ मेगापिक्सेलका दुई वटा अन्य क्यामेरा छन् । सेल्फीका लागि यसमा १० मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ । सामसङको यो फ्ल्यागशिप फोनमा ४००० एमएएच क्षमताको ब्याट्री राखिएको छ । जसमा २५ वाट फास्ट चार्जिङको सपोर्ट समेत रहेको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar