|  

नेपाल पक्षको बैठक भोलि पनि बस्दै 

२० जेठ, काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का माधवकुमार नेपाल समूहको बिहीबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठक शुक्रबार पनि बस्ने भएको छ। बिहीबार बैठक नसकिएपछि शुक्रबार पनि बैठक बस्ने भएको नेपाल पक्षका एक केन्द्रीय सदस्यले जानकारी दिए।  

बिहीबार करिब ७ घण्टा बैठक बसेको थियो। ओली पक्षसँग वार्ता गरेका नेताहरूलाई बैठकलाई ब्रिफिङ गरेका थिए। उनीहरूले ओली पक्षले आफूहरूलाई अल्मल्याउने नियतले मात्र वार्ता गरेको ब्रिफिङ गरेका थिए। 

बैठमा केन्द्रीय सदस्यहरूले धारणा राख्न क्रम जारी छ। ओली पक्ष २०७५ जेठ ३ मा फर्कन तयार नभए पार्टी पुनर्गठन गरेर अघि बढ्नुपर्ने अधिकांश केन्द्रीय सदस्यहरूले धारणाका राखेका थिए। 

बैठक शुक्रबार ११ बजेका लागि बोलाइएको छ।