२० जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सर्वोच्च अदालतको 'फुल कोर्ट' बैठक बोलाएका छन्। शुक्रबारका लागि प्रधानन्यायाधीश राणाले ‘फुल कोर्ट’को बैठक बोलाएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ।
यसअघि जेठ १३ गते सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठक बसेको थियो। जेठ १३ गते बसेको फुल कोर्टको बैठकले कोरोनाभाइरस कोभिड-१९ को महामारीका समयमा नियमित मुद्दा, रिट तथा निवेदनहरूमा पेसीरतारिखलगायतका कामकारबाही जेठ २१ गतेसम्मका लागि रोक्ने निर्णय गरेको थियो।
शुक्रबार बस्ने बैठकमा संवैधानिक इजलास गठनलगायतका विषयमा समेत छलफल हुन बताइएको छ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइका लागि इजलासमा बस्ने न्यायाधीशहरूको विषयमा विवाद भएपछि मंगलबार सर्वोच्च बारका पदाधिकारीहरुसँगको छलफलमा प्रधानन्यायाधीश राणाले नियमावली संशोधन गर्ने विषयमा छलफल गरेका थिए।
शुक्रबारको ुफुल कोर्टु बैठकमा पनि उक्त विषयमा छलफल हुने बताइएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar