२१ जेष्ठ काठमाडौं । सार्क राष्ट्रमा कोरोना संक्रमण अवस्था केही दिनयता ओरालो लाग्दोक्रममा रहेको छ । सम्बन्धित देशका स्वास्थ्य मन्त्रालयको तथ्यांक आधार मान्दा केही दिनयता संक्रमणदर ओरालो लाग्दो पाइएको हो ।
पछिल्लो २४ घण्टा अवधिमा भारतमा ८० हजार २ सय ३२ जनामा संक्रमण र २ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ । यसअघि, भारतमा दैनिक झन्डै २ लाखसम्ममा संक्रमण देखिने गरेको थियो । त्यस्तै, बंगलादेशमा पछिल्लो तथ्यांकअनुसार एकै दिन १२ हजार ७ सय २४ जनामा संक्रमण देखिएकोमा ३० जनाको मृत्यु भएको छ ।
अफगानिस्तानमा १ हजार ४५ जनामा संक्रमण देखिएकोमा ३३ जनाको मृत्यु भएको छ । श्रीलंकामा २४ घण्टामा ३७ जनामा संक्रमण र चार जनाको मृत्यु भएको छ । माल्दिभ्समा ७ सय ४ जनामा संक्रमण देखिँदा दुईको मृत्यु भएको छ ।
पाकिस्तानमा २ हजार २८ जनामा संक्रमण देखिँदा ९२ जनाको मृत्यु भएको छ । भुटानमा एकै दिन ७ जनामा संक्रमण देखिएको छ । नेपालमा भने पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २५ जनामा संक्रमण देखिँदा ७५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा १८ हजार ५ सय ६२ जनाको पीसीआर र ३ हजार २ सय ११ जनाको एन्टिजेन परीक्षण गरिएको छ । देशभर १ लाख १ हजार ८ सय ३९ जना संक्रमित रहेका छन् । बिहीबार ५ हजार ९ सय ४ संक्रमित निको भएका छन् । ८ सय ३१ क्वारेन्टाइनमा छन् ।
हाल, देशभरका अस्पतालमा १ हजार ४ सय ४४ आईसीयू र ३ सय ९८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा २ सय २१ आईसीयू र ५७ भेन्टिलेटर, प्रदेश २ मा १ सय १३ आईसीयू र २२ जना भेन्टिलेटरमा छन् । बाग्मती प्रदेशमा ७ सय २६ आईसीयू र २ सय ५६ जना भेन्टिलेटरमा छन् ।
गण्डकी प्रदेशमा १ सय ३९ जना आईसीयू र २३ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय ६९ आईसीयू र २५ जना भेन्टिलेटर, कर्णालीमा ४६ आईसीयू र पाँच जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ३० आईसीयू र १० जना भेन्टिलेटरमा उपचाररत छन् ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar