|  

बराबरीमा रोकिए बेल्जियम र ग्रीस

२१ जेष्ठ काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बेल्जियमले ग्रीससँग बराबरी खेलेको छ ।

बिहीबार राति भएको खेलमा बेल्जियमले ग्रीससँग १(१ गोलको बराबरी खेलेको हो ।खेलको २० औं मिनेटमा थोर्गन हाजार्डले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६६ औं मिनेटमा जर्ज तजावेलासले गोल गर्दै ग्रीसलाई हारबाट जोगाए ।युरोकप फुटबलको तयारीका लागि दुबै टोलीले मैत्रीपूर्ण खेल खेलेका हुन् ।
युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ । एजेन्सी