|  

पछल्लाे २४ घण्टामा संक्रमित हुने भन्दा निको हुने बढी !

२१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप  ६ हजार ६ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ६३ जना कोरोना भाइरसको संक्रमणबाटमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ सय १ जनाले  ज्यान गुमाएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या  ९७ हजार ६ सय ९९ रहेको छ । झण्डै दुईसातापछि सक्रिय संक्रमिमतको संख्या १ लाख भन्दा कममा झरहेको हो ।

 पछिल्लो २४ घण्टामा  १४ हजार १८२ पीसीआर र ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण गरिएको छ ।