|  

सरकारी गाडीमा केटी हालेर स्वयम्भुमा रामलिला, भाईरल भएपछि  उप-सचिव कारवाहीमा

२१ जेठ, काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण जारी निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुलेको छ । 

गत आइतबार बिहान प्रदेश नं. ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीमा युवती लिएर स्वयम्भूमा पुगी सार्वजनिक स्थलमा अस्वभाविक गतिविधि देखाउने व्यक्त सहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ सहर आयोजनाका निर्देशक रोशन श्रेष्ठ रहेको खुलेको हो ।
दोस्रो चरणको कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ मा रमाउने श्रेष्ठलाई गृह मन्त्रालयले कारवाही गर्न निर्देशन दिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै मन्त्रालयले अनुसन्धान गरी श्रेष्ठलाई कारवाहीसहितको वरण समेत पठाउन निर्देशन दिइएको छ ।

पत्रप्राप्त भएसँगै अनुसन्धान अघि बढाइएको जिल्ला प्रशासन काठमाडौंले जनाएको छ । गत आइतबार शहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास विभागको नयाँ सहर आयोजना प्रमुख तथा उपसचिव श्रेष्ठ युवती लिएर स्वयम्भू पुगेका थिए ।

निषेधाज्ञा उल्लंघन गरेर स्वयम्भु पुगेका प्रेमजोडीबीच प्रेमालापमा रमाइरहेको भिडियो सार्वजनिक भएपछि उक्त भिडियो भाइरले बनेको थियो ।
सार्वजनिक भएको भिडियोमा प्रेमजोडीको अनैतिक कार्य पनि भएको देखिएको छ । भिडियोमा उपसचिव श्रेष्ठसँग रमाइरहेका युवती सहरी विकास विभागमै कार्यरत इन्जिनियर रहेको बताइएको छ ।

प्रशासनले अहिले यस विषयमा विस्तृत अनुसन्धान बढाइरहेको छ ।