|  

पसल सञ्चालकलाई कारबाही

२२ जेठ, काठमाडौं । हेटौँडामा जारी निषेधाज्ञाको अवधिमा विभिन्न व्यावसायिक पसल सञ्चालन गरेको आरोपमा तीन पसल सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ ।

एउटा हार्डवेयर पसल, एउटा कपडा पसल र एउटा स्कुलरोडको घर संसार मिनी मार्केटका सञ्चालकलाई नियन्त्रणमा लिएर प्रशासनले रु १०/१० हजार जरिवाना गरेर छाडेको हो । हेटौँडामा पछिल्लो पटक स्थानीय प्रशासनले निषेधाज्ञा उल्लङ्घन गर्नेलाई सबै सवारी साधनलाई नियमानुसार प्रहरीले कारबाही गर्दै आएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी साधनलाई जनही रु दुईदेखि पाँच हजारसम्म जरिवाना गरिँदै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।