|  

हेडलाईन नेपालको साथमा किशोर खतिवडा राहत बोकेर पुगे धुर्मुस–सुन्तली क्रिकेट रंगशाला (भिडियो)

२३ जेठ, काठमाडौँ ।  अभिनेता किशोर खतिवडा धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउँन लागेको रंगशालामा राहत बोकेर पुगेका छन् । अभिनेता खतिवडासँगै सामाजिक अभियान्ता पुण्य गौतम पनि रंगशालामा पुगेका हुन् ।

पछिल्लो समय निकै चर्चामा रहेका अभिनेता खतिवडा हेडलाईन नेपालको साथमा राहत बोकेर चितवनको भरतपुरमा निर्माण भइरहेको नेपालकै पहिलो अन्तराष्ट्रिय क्रिकेट रंगशालामा पुगेका हुन् । 

हेडलाइन नेपाल बिशेषका प्रस्तोता एवं लोकप्रिय पत्रकार सञ्जिव रेग्मी, सामाजिक अभियान्ता गौतमसहित रंगशालामा पुगेका अभिनेता खडिवडाले खासगरी रंगशालामा काम गर्ने मजदुरहरुका लागि राहत लगेका हुन् ।


त्यस्तै पत्रकार रेग्मीले रंगशालामा काम गर्ने मजदुरहरुलाई राहत र धुर्मुस–सुन्तली फाउन्डेसनलाई केहि नगद सहयोग गर्ने समेत बताएका छन् ।

हेर्नुहोस् भिडियो :