|  

फाउचीद्वारा वुहान ल्याबका कर्मचारीको मेडिकल रिपोर्ट सार्वजनिक गर्न आग्रह

 २३ जेष्ठ काठमाडौं । अमेरिकाका वरिष्ठ सरुवा रोग विषेशज्ञ एन्टोनी फाउचीले चिनको वुहान ल्याबमा काम गर्ने कर्मचारीको मेडिकल रिपोर्ट सार्वजनिक गर्न आग्रह गरेका छन् । जो बाइडेनका प्रमुख चिकित्सक सल्लाहकारले चिनका ९ जनाको मेडिकल रिर्पोट जारी गर्न आग्रह गरेका हुन् । जसबाट कोरोना भाइरस वुहानको ल्याबबाट लिक भएको हो कि होइन भन्ने बारेमा महत्वपूर्ण सुराग मिल्न सक्छ । 

फाइनान्सियल टाइम्सको अनुसार नेसनल इन्स्च्यिुट अफ एलर्जी एण्ड संक्रामक रोग (एनआईएआईडी)का प्रमुख एन्टोनी फाउचीले विश्वभर ३ं५ लाख भन्दा बढी मानिसले ज्यान लिसकेको कोरोना भाइरसको उत्पतीबारे भइरहेको बहसलाई सुल्झाउन उक्त्त मेडिकल रिर्पोटले सघाउने बताएका छन् ।

वुहान इन्स्टिच्युट अफ भाइरोलजीका तीन अनुसन्धानकर्ता नोभेम्वर २०१९ मा बिरामी परेको विषयलाई आधार मानेर रिपोर्ट जारी गर्न आग्रह गरिएको हो । सन् २०१२ खानीमा काम गर्ने ६ जना कामदार चमेरो गुफामा गएपछि बिरामी परेका थिए । ३ जना कामदारको मृत्यु भएपछिवुहान ल्याबका अनुसन्धानकर्ताहरु चमेराको नमुना परिक्षणको लागि गुफामा पुगेका थिए । 

चीनका कोरोना भाइरस सम्बन्धी प्रमुख विशेषज्ञ सी झेन्गेलीले पहिल्यै प्रयोगशालामा कुनैपनि किसिमका संक्रमण नभएको बताइसकेका छन् । फाउचीले कुनै विवाद नगरी यसबारेका थप छानविन हुनुपर्नेमा जोड दिएका छन् । फाउचीले आफुले २०१९ मा ३ जना बिरामी परेको भन्ने रिपोर्ट प्रकाशित भएका कारण मेडिकल रिपोर्ट चाहेको बताए । 

फाउचीले भने ‘के साँच्चै ३ जना बिरामी परेका थिए त ? यदी थिए भने उनीहरुलाई के रोग लागेको थियो ?’ केही वर्ष पहिला खानीमा बिरामी परेकाको रिपोंटले के बताउँछ ? उनीहरुमा भाइरस थियो त ?' सार्स–कोभ–२ भाइरस उत्पती त्यो गुफामा भएपछि पाकृतिक वा ल्याबको माध्यमबाट संसारमा फैलिएको हुनसक्ने अनुमान लगाउन सकिन्छ । बाइडेनले गरेको प्रश्न झुट्टो रहेको भन्दै चिनले कुनैपनि टिप्पणी गर्न अस्विकार गरेको छ । 

चिनको विदेशी मन्त्रालयले शुक्रबार ९ जना व्यक्तिगत मेडिकल रिर्पोट जारी गर्न अस्विकार गरेको छ । यसअघी नै प्रवत्ता विंग वानविगले विज्ञप्तीमार्फत ल्याबका ९ जना कर्मचारीमा कोभिड–१९ नभएको बताइसकेका छन् ।

केही समय देखी लगातार कोभिड–१९ वुहान सहरमा फैलनु पहिला नै कर्मचारी बिरामी परेर अस्पतालमा लगिएका खबरहरु बाहिरी रहेका छन् । कोरोना भाइरस वुहानको ल्याबबाटै लिक भएर मानिसमा फैलिएको तर्फ वैज्ञानिक तथा आुसन्धाकर्ताहरुको ध्यान गइरहेको छ ।

वाल स्ट्रीट जर्नलले अमेरिकी गुप्तचरको रिपोर्टलाई उद्धृत गर्दै  ऊहान प्रयोगशालाका तीन अनुसन्धानकर्ता सन् २०१९ को नोभेम्बर महिनामा यस्तो रोगसँग जुधिरहेका थिए जसको लक्षण कोभिड–१९ र साधारण रुघा–खोकी, दुवैसँग मेल खान्थ्यो भन्ने दाबी गरिएको छ ।कोरोनाभाइरस कुनै प्रयोगशालाबाट लिक भएर सर्वसाधारणबीच फैलिएको भन्ने दाबीलाई चीनले गलत बताउँदै आएको छ ।

बढ्दो विवादको कारण बाइडेनले एक बयान जारी गर्दै बाइडेनले अमेरिकी इन्टेलिजेन्स एजेन्सीलाई आफ्नो प्रयासलाई तीब्रता दिन र ९० दिनभित्र यसको रिपोर्ट पेश गर्न आदेश दिइसकेका छन् ।चिनियाँ प्रशासनले संक्रमणको पहिलो सम्बन्ध ऊहानको एउटा सीफूड मार्केटसँग भएको पाएको थियो ।

वैज्ञानिकले यो भाइरस जनावरबाट मानिसमा पुगेको मान्यता राखेका छन् । तर हालै अमेरिकी मिडियामा सार्वजनिक भएको खबर अनुसार केही प्रमाण यस्ता पनि छन् जसले यो भाइरस चीनको एक प्रयोगशालाबाट लिक भएको भन्नेतर्फ इसारा गर्दछ ।