|  

८० प्रतिशत शरिर जल्दासम्म कसैले थाहा पाएन, पार्वती भट्टराईको मृत्युहनुको यस्तो छ रहस्य (भिडियो)

२५ जेठ काठमाडौँ । शरिरमा आगोलेर शंकास्पद अवस्थाममा मृत्यु भएकी भरतपुर महानगरपालिका–६ की पार्वती भट्टराईको मृत्यु हुनुका विभिन्न कारण बाहिरिएका छन् ।

हेडलाइन नेपालको टीम भरतपुर महानगरपालिका–६ पाँडेघुम्तीकी ६७ बर्षिय मृतक पार्वती भट्टराईको घरमै पुगेपछि विभिन्न रहस्य बाहिरिएको हो ।

मृतक भट्टराईको धोतीमा आगो सल्किएर शरिरको ८० प्रतिशत भाग जलेको थियो । त्यसपछि मात्रै परिवारले थाहा पाएको भनेर अस्पताल लगिएको थियो ।

तर, उपचारका क्रममा उनको मृत्यु भएको थियो । मृतक भट्टराईका श्रीमानका दुई विवाह थिए । पहिलो विवाहतर्फकी मृतक भट्टराईबाट कुनै बच्चा नहुँदा उनी आफैले आफ्नै मामाकी छोरीसँग श्रीमानको दोस्रो विवाह गराइदिएकी थिइन् ।

त्यसपछि उनको जिवनमा के कस्ता घटना घटे र कसरी उनको दर्दनाक मृत्यु हुनपुग्यो हेर्नुहोस् भिडियोमा :