|  

फिफा विश्वकपको छनोटमा ब्राजिलको लगातार छैटौं जित

२६ जेष्ठ काठमाडौं ।  फिफा विश्वकपको छनोटमा ब्राजिलको लगातार छैटौं जित भएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार पाराग्वेलाई २–० गोल अन्तरले पराजित गर्दै ब्राजिलको अपराजित यात्रा कायम राखेको हो ।

ब्राजिलको जितमा नेयमार र लुकास पाक्वेटाले एक एक गोल गरे । खेलको चौंथो मिनेटमा गाब्रियल जिससको पासमा नेयमारले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा नेयमारको पासमा लुकासले गोल गर्दै ब्राजिललाई २–० को जित दिलाए ।छनोटमा यो ब्राजिलको लगातार छैटौं जित हो ।ब्राजिल ६ खेलमा १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पाराग्वे ६ खेलमा ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ । एजेन्सी