|  

‘बार्मी आर्मी’को  शाखा नेपालमा स्थापना

२६ जेष्ठ काठमाडौं । इंग्लिस क्रिकेट समर्थकहरुको संस्था ‘बार्मी आर्मी’को  शाखा नेपालमा स्थापना गरिएको छ ।नेपालमा रहेका इंग्लिस क्रिकेट समर्थकहरुले बार्मी आर्मीको शाखा बार्मी आर्मी नेपालको स्थापना गरेको हो ।

नेपालका इंग्लिस समर्थकहरुले लामो प्रयासपछि शाखा नेपालमा भित्र्याउन सफल भएको हो । अध्यक्ष नारायण प्रसाद अर्यालले भने ‘हामीले यो संस्था धेरै दुख अनि बार्मी आर्मीका संचालकहरुसँगको निरन्तरको प्रयासपछि यो हासिल गरेका हौँ। यस संस्था केहि समय, वर्षौ नभइ पुस्तौ पुस्तासम्म चल्ने कुरामा ढुक्क छौँ’।

नेपाल शाखाका सचिव प्रदिप रावलले नेपालमा रहेका सबै इंग्लिस समर्थकले सामाजिक तथा खेलकुद कार्यहरु निरन्तर रुपमा अघि बढाउने बताए ।
प्रारम्भिक चरणमा सदस्य संख्याको आँकलन गर्न सदस्यहरुको नाम टिपाउने काम भईरहेको शाखाका सदस्यसचिव सन्दीप पौडेलले जनाए । उपाध्यक्षमा रोशन खड्का, कोषाध्यक्षमा शिखर ज्ञवाली, सह–सचिवमा विवेक अर्याल, सदस्य सहसचिवमा विशाल भुसाल तथा बिनायक पौडेल र राखिक खनाल सदस्य रहेका छन् ।