|  

रणवीर र कटरीना पहिलोपटक अनस्क्रिन रोमान्स गर्दै

२६ जेष्ठ काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री कटरीना कैफले हालसम्म कुनै पनि फिल्ममा सँगै रोमान्स गरेका छैनन् । रणवीरले फिल्म ‘रामलीला’बाट सफलताको सिढी चढेसँगै उनी नयाँ पुस्ताको सफल अभिनेता बने ।

उता कटरीना बलिउडकै सबैभन्दा स्टाइलिस अभिनेत्री हुन् । जो हरेक फिल्ममा दर्शकका लागि केही नयाँ कुरा दिन्छिन् । यो जोडीलाई पर्दामा एकसाथ हेर्ने दर्शकको चाहना अब पुरा हुने भएको छ ।

निर्देशक जोया अख्तरले रणवीर र कटरीनालाई चाँडै एक फिल्मका लागि लिँदैछिन् । जोयाले रणवीरका साथ कैयौं सुपरहिट फिल्म दिएकी छन् । कटरीनासँग जोयाको दोस्ती भने फिल्म ‘जिन्दगी ना मिलेगी दोबारा’बाट बनेको हो ।

जोयाले कटरीनालाई आफ्नो फिल्मको स्क्रिप्ट सुनाउदा कटरीनाले काम गर्ने सहमति जनाएकी छन् । फिल्म निकट स्रोतले जोयाको फिल्ममा कटरीनाको भूमिका निकै सशक्त रहेको बताएको छ । उनीहरुको जोडी रियल लाइफमा फल्प भएता पनि फिल्ममा हिट रहने विश्वास गरिएको छ ।