|  

पछिल्लाे २४ घण्टामा : संक्रमित हुने भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी

२६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा थप ८१ जनाले कोभिड१९ को संक्रमणबाट ज्यान गुमाएका छन् । 

यो समायावधिमा १६ हजार ६ सय ४२ जनाको नमुना परीक्षण गरिएको थियो । हाल सक्रिय संक्रमितको संख्या ८० हजार ३ सय ३६ रहेको छ ।