|  

पोर्चुगलको सहज जित

२७ जेठ, काठमाडौँ । युरोपेली च्याम्पियनसिपअघिको अन्तिम तयारी खेलमा 
पोर्चुगलले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा पोर्चुगलले इजरायलमाथि ४–० को फराकिलो जित दर्ता गरेको हो ।


लिस्वनमा बुधबार राति भएको खेलमा पोर्चुगलको फराकिलो जितमा म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेसले दुई तथा युभेन्टसका स्टार फरवार्ड तथा कप्तान क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर सिटीका जोओ क्यान्सिलोले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान २–२ गोल भएको थियो ।

खेलको सुरुवातदेखि नै इजरायललाई दवावमा राखेपनि पोर्चुगलले गोलको लागि पहिलो हाफको अन्तिम समय कुर्नुपरेको थियो । खेलको पहिलो मिनेटमा नै रोनाल्डोको प्रहारलाई इजरायलका गोलरक्षक मार्सियानोले सहजे नियन्त्रणमा लिए ।