|  

भारी वर्षाका कारण घर भत्किँदा ११ जनाको मृत्यु

२७ जेठ, काठमाडौँ । भारतको मुम्बईमा बुधबार राति भारी वर्षाका कारण एक आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ ।

घर भत्किँदा केही बालबालिकाको पनि मृत्यु भएको छ। ठूलो आवासीय भवन भत्किँदा आसपासका ३ वटा घर पनि च्यापिएर भत्किएका छन्।  बृहनमुम्बई कर्पोरेसनका अनुसार घटनास्थलबाट १५ जनाको सकुशल उद्धार गरिएको छ।

भवनले अरू मानिस पनि थिचिएको आशंकामा उद्धार जारी छ । आसपासका अन्य ३ भवनको अवस्था पनि जोखिमपूर्ण भएकाले त्यहाँका मानिसलाई अन्यत्र सार्ने क्रम चलिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।