|  

अमेरिकाको सहज जित

२७ जेष्ठ काठमाडौं । मैत्रीपूर्ण खेलमा अमेरिकाले कोस्टारिकालाई फराकिलो अन्तरले पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा अमेरिकाले कोस्टारिकालाई ४–० गोलले पराजित गरेको हो । अमेरिकालाई जित दिलाउन ब्रेण्डन आरोनसन, ड्यार्ल डीके, रेगी क्यानन र जियोभानी रेनाले एक–एक गोल गरे ।