|  

आज खण्डग्रास सूर्य ग्रहण लाग्दै : नेपालबाट भने नदेखिने

 

२७ जेठ, काठमाडौं । आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सुदूरपूर्वी एवं उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको नेपालमा भने कुनै असर नहुने पञ्चांग निर्णायक समितिले जनाएको छ ।

ग्रहण नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेटमा सुरु भएर साँझ ६ बजेर ५६ मिनेटमा अन्त्य हुनेछ । ग्रहणको समयमा सूर्यमा कुण्डलाकार आकृति देखिने बताइएको छ । यसलाई पश्चिममा ‘रिङ अफ फायर’ वा आगोको घेरा भन्ने गर्छन् । सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा आउँदा यस्तो कुण्डलाकार सौर्यग्रहण लाग्ने गर्छ ।