|  

काम नहुँदा कंगनाले कर तिर्न सकिनन्

२७ जेष्ठ काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावत आफ्नो बेतुकका कुराले जहिल्यै विवाद र चर्चामा आउछिन् । हालैमात्र उनले आफूलाई सबैभन्दा बढी कर तिर्ने अभिनेत्री भएको दाबी गरिन् । यद्यपि उनले आफू केही महिना यता बेरोजगार रहेको र त्यहीकारण आधा वर्षको कर तिर्न नपाएको खुलासा गरेकी छन् ।

उनले आफ्नो इन्स्टाग्राममा काम नहुँदाको पीडा पोख्दै  ‘म सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटीमा चिनिन्छु । मेरो कमाइको ४५ प्रतिशत हिस्सा करका रुपमा सरकारलाई तिर्छु । तर अहिले काम नपाएपछि आधा वर्षको कर तिर्न पाएकी छैन । कर तिर्न ६ महिना ढिलाई भएको सम्भवतः मेरो जीवनमा पहिलोपटक हो । तर सरकार मेरो तिर्न बाँकी करमा व्याज लगाइरहेको छ । म यो कामको स्वागत गर्दछु ’, उनले लेखेकी छन् ।

सामाजिक सञ्जालमा धेरै छाएपछि गत हालैमात्र ट्वीटरले उनको एकाउन्ट सस्पेण्ड गरिदिएको थियो । ट्वीटर सस्पेण्ड भएपछि उनी इन्स्टाग्राम र स्वदेशी एप ‘कू’मा सक्रिय छिन् ।